aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

त्रिनगर नाकाबाट भित्रिए ८३ हजार नेपाली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ असार २०७७
त्रिनगर नाकाबाट भित्रिए ८३ हजार नेपाली

कैलाली । कैलालीको त्रिनगर भन्सार सिमानाका भई भित्रिने नेपालीको उद्धार कार्य अहिले पनि जारी छ। कोरोना भाइरस सन्त्रासका कारण भारतका विभिन्न शहरबाट नेपाली नागरिक त्रिनगर नाका हुँदै भित्रिने क्रम रोकिएको छैन। उक्त नाकाबाट हालसम्म ८३ हजार २० जना नेपाली स्वदेश भित्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

उनले जेठ ११ देखि २६ सम्म सिमा नाका हुँदै भित्रिने नेपालीको संख्या भए पनि अहिले भने भित्रिनेको घट्दो क्रममा रहेको बताए। ‘शुरुका दिनमा दैनिक छ हजारसम्म नेपाली भित्रिने गरेका भए पनि त्यो संख्या अहिले ह्वात्तै घटेको छ,’ सूचना अधिकारी जोशीले भने, ‘आजभोलि दिनमा चार÷पाँच सयसम्म नेपाली भित्रिने गरेका छन्।’

आउने जति नेपाली नागरिक आइसकेका र भारतका धेरैजसो ठाउँमा लकडाउन खुकुलो भई उनीहरुले काम गर्ने अवसर मिलेकाले पनि अहिले भित्रिनेको सङ्ख्या कम रहेको हुनसक्ने उनको अनुमान छ। रासस 

प्रतिक्रिया दिनुहोस