
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैनिक प्रयोग हुने खाद्यवस्तुको महत्व नबुझेर केही विद्धानले बेसारको मजाक उडाएको बताएका छन् । अन्तरराष्ट्रिय योग दिवसका अवसरमा आइतबार बिहान भर्चुअल कार्यक्रममा राष्ट्रिय योग अभ्यासक्रम (प्रोटोकल) पुस्तिका सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले औषधिको रुपमा बेसारलगायत दैनिक प्रयोग हुने खाद्यवस्तुको महत्व नबुझेर केही विद्धानले बेसारको मजाक उडाएको बताएका हुन् ।
उनले भने, ‘आहारा, व्यायम र आरामको सन्तुलन मिलाए मात्र स्वस्थ्य रहन सकिन्छ, मैले बेसारले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ भन्दा केही विद्धानले बेसारलाई मजाक बनाए ।’
पूर्वजहरुले औषधिको रुपमा भान्सामा ती खानेकुराको प्रयोग गरेको उनले प्रष्टाए । ‘मेथी किन पड्काएको ? सब्जीमा बेसार किन हालेको ? भनेर ती विद्धानले भान्सा तयार गर्नेलाई सोधुन्, त्यसले शरीरको प्रतिरोधी क्षमता बढाउँछ ।’ त्यसको महत्व नबुझेर पुर्खाको समेत अपमान गरिएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस