aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भारत–चीन सीमा तनावमा अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो बयान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ असार २०७७
भारत–चीन सीमा तनावमा अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो बयान

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र चीनबीच जारी तनावमाथि निगरानी राख्दै मद्दतको प्रस्ताव पेश गरेका छन् । अमेरिकाले भारत र चीनबीच कुराकानी गरिरहेको ट्रम्पले बताएका छन् ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस बाहिर पत्रकारसँग भने, ‘यो निकै मुश्किल परिस्थिती हो । हामी भारतसँग कुरा गरिरहेका छौं । हामी चीनसँग पनि कुरा गरिरहेका छौं । त्यहाँ यी दुई देशबीच ठूलो समस्या छ । दुबै एकअर्काको आमने–सामने भएका छन् र अब के होला भनेर हामीले हेरिरहेका छौं । हामी उनीहरुलाई मद्दत गर्ने कोसिस गरिरहेका छौं ।’

१५-१६ जूनको राती गलवान घाटीमा भारत र चीनबीच भएको हिंस्रक संघर्षमा भारतका कमान्डिङ अधिकारीसमेत २० सैनिक मारिएका थिए । चीनका पनि थुप्रै सैनिक हताहत भएको खबर छ तर चीनले आधिकारिक आँकडा जारी गरेको छैन ।

प्रतिक्रिया दिनुहोस