
काठमाडौं । चालू आर्थिक वर्षको प्रथम आठ महीनामा रु १३ अर्ब ४९ करोड अनुदान र रु ९३ अर्ब ६९ करोड ऋण गरी रु एक खर्ब सात अर्ब १८ करोड बराबरको वैदेशिक सहयोग प्रतिबद्धता प्राप्त भएको छ ।
सरकारले सोमबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार अघिल्लो आवको सोही अवधिमा रु एक खर्ब ५० अर्ब ८८ करोड बराबरको वैदेशिक सहायताको प्रतिबद्धता प्राप्त भएको थियो । पछिल्ला वर्षहरुमा नेपाललाई प्राप्त हुने वैदेशिक सहयोगको अंश क्रमशः घट्दै गएको छ ।
चालू आवको सोही अवधिमा अनुदान र ऋण गरी रु ५० अर्ब ८४ करोड बराबरको वैदेशिक सहायता उपयोग भएको छ । अघिल्लो आवको सोही अवधिमा अनुदान र ऋण गरी रु एक खर्ब ३१ अर्ब ५५ करोड बराबरको वैदेशिक सहायता उपयोग भएको थियो । कूल वैदेशिक सहायता उपयोगमा बहुपक्षीय सहयोगको अनुपात उच्च रहेको छ । बजेट संयन्त्रबाट वैदेशिक सहयोग परिचालन भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस