aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

यूएई र कतारबाट तीन सय नेपाली काठमाडौं आइपुगे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ असार २०७७
यूएई र कतारबाट तीन सय नेपाली काठमाडौं आइपुगे

 काठमाडौं । यूएईको आबुधाबी र कतारको दोहाबाट तीन सय नेपाली काठमाडौं आइपुगेका छन् । यूएईको आबुधाबीबाट १ सय ५१ जना नेपाली लिएर हिमालय एअरलाइन्सको चार्टर्ड जहाज केहीबेरअघि काठमाडौंमा अवतरण गरेको हो । जहाजमा २ जना नाबालक सहित २६ जना महिला र १ सय २३ जना पुरुष छन् ।

त्यस्तै, कतारको दोहाबाट १४९ जना नेपाली स्वदेश आइपुगेका छन् । नेपाल एअरलाइन्सको चार्टर्ड उडान नम्बर आर ए २३९२ मार्फत १४९ जना नेपाली स्वदेश फर्किएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार, दोहाबाट सुत्केरी र गर्भवतीसहित ८२ जना महिला, तीनजना नाबालक र ६४ जना पुरुष स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस