
भारत । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ हजार २ सय नाघेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप ३०७ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या १३ हजार २७७ पुगेको छ ।
एकैदिन अरु १५ हजार ९१५ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ४ लाख ११ हजार ४२७ पुगेको छ । २ लाख २८ हजार १८१ जनाको जना निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस