
पर्सा । बैसठ्ठी हजार मूल्य बराबरको भैसी सहित जिल्ला पर्सा छिपहरमाई गा।पा।वडा नं।४ बस्ने बाबुलाल यादबको छोरा रामबेनी यादब पक्राउ परेको छ ।
आइतबार बिहान ६ः०० बजे प्रहरीले उनलाई जिल्ला पर्सा छिपहरमाई गाउँपालिका वडा नं.३ स्थित भारतबाट नेपालतर्फ भंसार छली अवैध रुपमा ल्याउदै गरेको भैंसी सहित उनलाई पक्रोको हो ।
माउ भैंसीको साथमा पाडी पनि रहेको पर्शा प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालमा बुझाइएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस