काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गुल्मीको छत्रकोट गाउँपालिका ५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरेका हुन् ।
प्रवक्ता गौतमलेका अनुसार प्यारालाइसिसको बिरामी रहेका उनी भारतबाट उपचार गरेर जेठ २५ गते घर फर्किएका थिए । नेपाल आएपछि होमक्वारेन्टाइनमा नै रहेका उनको असार ५ गते घरमा नै मृत्यु भएको हो । उनको सोही दिन स्वाब संकलन गरि नमुना जाँचका लागि प्रदेश प्रयोगशाला भैरहवामा पठाइएको थियो। असार ६ गते आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको हो।
यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ भने संक्रमितको संख्या ९०२६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस