aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

उदयपुरमा थपिए ५ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ असार २०७७
उदयपुरमा थपिए ५ जना कोरोना संक्रमित

उदयपुर । उदयपुरमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका ४२१ जना कोरोना संक्रमित मध्ये ५ जना उदयपुरका रहेको बताएका हुन् । 

प्रवक्ता गौतमका अनुसार उदयपुरमा थपिएका नयाँ संक्रमित त्रियुगा नगरपालिका वडा नं. ५ का ३८ वर्षिय महिला, वडा नं. ९ का ४० वर्षिय पुरुष, कटारी नगरपालिका ५ का १९ वर्षिय पुरुष, ताप्ली गाउँपालिका ५ का ३५ वर्षिय पुरुष र उदयपुरगढी गाउँपालिका ७ का ३० वर्षिय पुरुष रहेका छन् । उनीहरुलाई भारतबाट उद्धार गरि सिधै क्वारेन्टाइनमा राखिएको थियो । 

योसंगै उदयपुरमा मात्रै ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ३५ जना निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस