aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

विदेशी बुहारीलाई सात वर्षपछि नागरिकता दिने प्रस्ताव संसदीय समितिबाट पारित, कांग्रेस र जसपाको फरक मत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ असार २०७७
विदेशी बुहारीलाई सात वर्षपछि नागरिकता दिने प्रस्ताव संसदीय समितिबाट पारित, कांग्रेस र जसपाको फरक मत

काठमाडौं । नेपाली नागरिकसँग बिहे गरेर आउने विदेशी नागरिकलाई नेपालमा सात वर्षसम्म बसेपछि मात्रै अंगीकृत नागरिकता दिने व्यवस्था संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको छ। आइतबार सिंहदरबारमा बसेको समितिको बैठक उक्त प्रस्तावसहित नागरिकता ऐन संशोधन विधेयक बहुमतले पारित गरेर संसदमा पठाउने निर्णय गरेको हो।

समितिले पारित गरेको उक्त प्रस्तावसहितको विधेयकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले भने फरक मत राखेका छन्।

यसअघि शनिबार सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले नेपाली पुरूषसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिनु उपयुक्त हुने निर्णय गरेको थियो। पार्टीको सोही निर्णयका आधारमा समितिमा रहेका नेकपा सांसदहरूले सात वर्षको प्रस्तावको पक्षमा मत जाहेर गरेका हुन्।
 

प्रतिक्रिया दिनुहोस