काठमाडौं । लगानी र बचतको अन्तर फराकिलो हुँदै जाँदा सरकार र निजी क्षेत्रलाई ऋण परिचालनको दबाब बढेको छ। पछिल्ला वर्षमा राष्ट्रिय बचत केही बढे पनि उच्च आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न स्रोत व्यवस्थापनमा कठिन देखिएको हो।
आर्थिक सर्वेक्षण २०७५र७६ अनुसार कुल राष्ट्रिय बचत १८ खर्ब १४ अर्ब रुपैयाँ र लगानी २१ खर्ब ५७ अर्ब रुपैयाँ पुग्ने अनुमान छ। बचतको तुलनामा लगानी बढ्दा त्यसलाई पूर्ति गर्न ऋण परिचालन गर्ने, व्यापार÷व्यवसायले स्टक बिक्री गर्ने, वैदेशिक लगानी भित्र्याउने विकल्प हुन्छन्। सरकारले आन्तरिक र वैदेशिक ऋणमार्फत लगानीको खाडललाई पूर्ति गर्छ भने निजी क्षेत्रका लागि बैंक तथा वित्तीय संस्थाको ऋण परिचालन, स्टक बिक्री र बाह्य लगानी भित्र्याउनु आवश्यक हुन्छ।
‘उच्च आर्थिक वृद्धि हासिल गर्न आवश्यक स्रोत व्यवस्थापनका लागि ऋण परिचालन र वैदेशिक लगानी भित्र्याउन आवश्यक हुन्छ,’ अर्थशास्त्री केशव आचार्यले भने।
चालु आर्थिक वर्षको पहिलो ८ महिनामा प्रत्यक्ष वैदेशिक लगानी गत वर्ष २०७४र७५ को तुलनामा ५३ प्रतिशत घटेको छ। गत वर्ष पहिलो आठ महिनामा १४ अर्ब २४ करोड रुपैयाँ लगानी भित्रिएकोमा यो वर्ष ६ अर्ब ६६ करोड रुपैयाँ भित्रिएको छ। स्रोत व्यवस्थापनका लागि सरकारले आन्तरिक ऋण उठाउँदा निजी क्षेत्रले लगानी गर्न स्रोत अभाव हुन्छ। त्यसैले बाह्य ऋण, अनुदान र प्रत्यक्ष वैदेशिक लगानी बढाउनुपर्ने बाध्यात्मक अवस्था बन्दै गएको छ।आजको अन्नपूर्ण पोष्टबाट
प्रतिक्रिया दिनुहोस