काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी किनबेच गर्ने ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता गर्नेमा कलंकी मालपोत कार्यालयका अधिकृत शिवप्रसाद रिमाल, नायव सुब्बा हरीप्रसाद आचार्य, नक्कली जग्गाधनी मिनाकुमारी थापा, सुयल हाउजिङका कम्पनीका सञ्चालक रामकुमार सुयल थापाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्र्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
त्यस्तै, नक्कली जग्गाधनी मिनाकुमारी थापाको वारेस दीपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम ९शर्मा० रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेलविरुद्ध पनि विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।
काठमाडांै बाडभन्ज्याङ–३ मा रहेको कित्ता नम्बर १०१ क्षेत्रफलको ९२ रोपनी २ आना जग्गा मालपोत कार्यालय कलंकीले व्यक्ति विशेषको स्वामित्वमा रहेको सुयल हाउजिङ कम्पनीका नाममा गैरकानुनी रूपमा श्रेस्ता खडा गरी पुर्जासमेत उपलब्ध गराएको पाइएपछि अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
अधिवक्ता बाबुराम रेग्मी र योगेन्द्र पोखरेलले सरकारी जग्गा व्यक्तिको नाममा बनाउनका लागि कानुनी प्रक्रियाको सबै काम गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । आजको राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस