भारत । भारतमा एकै दिन १५ हजार बढि कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १५ हजार १८३ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ४ लाख २६ हजार ९१० पुगेको छ । जसमा २ लाख ३७ हजार २५२ जनाको जना निको भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ४२६ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या १३ हजार ७०३ पुगेको छ ।
कोरोना भाइरसको विश्वव्यापी तथ्याकंले भारत सर्वाधिक प्रभावित देशको सूचीमा अमेरिका, ब्रजिल र रुसपछि चौथो स्थानमा परेको छ ।
प्रतिक्रिया दिनुहोस