
एजेन्सी । विश्वभरी फैलिएको महामारीका कारण अब पूर्वी आर्थिक फोरम २०२० कार्यक्रम रद्द भएको छ । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसले विश्वभर भयावह बन्दै गएपछि यस्तो सभा सम्मेलन धमाधम रद्द हुदै आएका छन ।
कोरोना भाइरस संकटलाई ध्यानमा राख्दै, पूर्वी आर्थिक मञ्च आयोजक समितिले यसलाई रद्द गर्ने निर्णय गरेको हो । अब ६औं पूर्वी आर्थिक फोरम सेप्टेम्बर २०२१ मा आयोजना गरिने जनाइएको छ ।
यस अघि, पूर्वी आर्थिक फोरम रूसको भ्लादिवोस्तोकमा आयोजना गरिएको थियो । समयमा, भारतलगायत विश्वभरि कोरोना भाइरसको घटना द्रुत गतिमा बढ्दैछ । हालसम्म विश्वमा ९० लाख ४५ हजारभन्दा बढी कोरोना भाइरसको शिकार भइसकेका छन् । जसमध्ये ४ लाख ७० हजार ६ सय ९८ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस