काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाइ फर्काउने क्रममा साेमबार मध्यपूर्व (खाडी) का दुई मुलुकबाट ३ सय १० जना स्वदेश आइपुगेका छन् । जसमा ३ नेपाली कामदारको शव समेत आएको छ ।
बहराइनबाट नेपाल एयरलाइन्सको आरएनए २३७६ विमानमार्फत १ सय ५० जना नेपाली कामदार स्वदेश फर्किएका हुन् भने कुवेतबाट जजिरा एयरलाइन्समार्फत १ सय ६० जना नेपाली स्वदेश आइपुगेका छन् ।
कुवेतबाट आएका सबै १ सय ६० यात्रु महिला मात्र रहेका छन् । बहराइनबाट ३ नेपाली कामदारको शव पनि काठमाडौं आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले जनाएकाे छ ।
स्वदेश फर्किएकाहरुलाई आवश्यक प्रक्रिया पूरा गरेर मात्र सम्बन्धित गृहजिल्ला पठाइने गरिएको छ । उनीहरुलाई विभानस्थलबाट काठमाडौँको विभिन्न स्थानमा बनाइएको होल्डिङ सेन्टरमा लगिनेछ । बहराइनबाट आएका ३ जनाको शव भने विमानस्थलमा नै आफन्तलाई बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस