aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

नगरपालिकाले कर नबढाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ असार २०७७
नगरपालिकाले कर नबढाउने

काठमाडाैं । कोभिड–१९ का कारण स्थानीयवासीलाई असर पर्ने जनाउँदै कीर्तिपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरपालिकाबाट लिइँदै आएको कर नबढाउने भएको छ । 

कोरोना भाइरसलाई ध्यानमा राख्दै नगरपालिकाले कुनै करको दर नबढाई यथावत् राख्ने निर्णय गरेको राजश्व परामर्श समितिले जनाएको छ ।

परामर्श समितिको यही असार २ गते बसेको आकस्मिक बैठकले आगामी आव २०७७/०७८ का लागि सबै कर यथावत् राख्ने निर्णय गरेको परामर्श समितिका संयोजक  उपप्रमुख सरस्वती रिजालले जानकारी दिइन् । 

उनका अनुसार समितिको प्रतिवेदन असार २ गते नै नगरपालिकाका प्रमुख रमेश महर्जनलाई बुझाइएको हो ।

प्रतिक्रिया दिनुहोस