aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

लाज लाग्याे भन्दै प्रदेश सांसद मनाङ्गेद्वारा राजीनामा !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ असार २०७७
लाज लाग्याे भन्दै प्रदेश सांसद मनाङ्गेद्वारा राजीनामा !

कास्की । दीपक मनाङे अर्थात प्रदेश सांसद राजीव गुरुङले गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् ।

समितिको सदस्य भएर केही काम गर्न नसकेको र समितिको पनि काम नदेखेको भन्दै राजीनामा दिएको उनले बताए ।

सांसदको काम भन्दा बढी भ्रष्टाचार र समितिका सदस्यहरू भूमिका विहिन देखेर लाज लागेकाले राजीनामा दिएको गुरुङले बताएका छन् ।

समितिको सदस्य भएर विभिन्न ठाउँमा अनुगमनका लागि जाँदा अनियमितता देखे पनि केही गर्न नसकिएको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस