कास्की । दीपक मनाङे अर्थात प्रदेश सांसद राजीव गुरुङले गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् ।
समितिको सदस्य भएर केही काम गर्न नसकेको र समितिको पनि काम नदेखेको भन्दै राजीनामा दिएको उनले बताए ।
सांसदको काम भन्दा बढी भ्रष्टाचार र समितिका सदस्यहरू भूमिका विहिन देखेर लाज लागेकाले राजीनामा दिएको गुरुङले बताएका छन् ।
समितिको सदस्य भएर विभिन्न ठाउँमा अनुगमनका लागि जाँदा अनियमितता देखे पनि केही गर्न नसकिएको उनको आरोप छ ।
प्रतिक्रिया दिनुहोस