aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च, भारत,चीन र हङकङको कमोडिटी बजार प्रभावित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ असार २०७७
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च, भारत,चीन र हङकङको कमोडिटी बजार प्रभावित

एजेन्सी । कोरोना भाइरस संकटको बीचमा स्वदेशी आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा सुन उच्च रुपमा वृद्धि भएको छ । नेपालको बजारमा सुन प्रति तोला ९१ हजार रुपैयाँ पुगेको छ । अन्तराष्ट्रिय प्रति औंस १७५१.६३ डलर पुगेको छ । विश्वभरी फैलिएको महामारीका कारण लगानीका क्षेत्र खुम्चदै गएका बेलामा सुनमा लगानी गर्ने गर्नेको संख्या वृद्धि भइरहेको छ ।  

समाचार एजेन्सी रोयटर्सका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन ०.५ प्रतिशतले वृद्धि भई १७५१.६३ डलर प्रति औंस भइसकेको छ । यसभन्दा पहिले १८ मेमा सुनको मूल्य रेकर्ड उच्च स्थानमा पुगेको थियो ।  त्यस्तै सुनले अमेरिकी फ्यूचर्स बजारमा १७६४.५० डलर प्रति औंस रेकर्ड तहसम्म पुग्यो । भारत–चीन र हङकङको वातावरणले पनि अन्तर्राष्ट्रिय कमोडिटी बजारलाई असर गरेको छ ।

प्रतिक्रिया दिनुहोस