aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कुलमानको घोषणा ३ अर्व उठाई छाड्छु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ जेठ २०७६
कुलमानको घोषणा ३ अर्व उठाई छाड्छु

नेपाल विद्युत् प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरबाट मात्रै करिब ३ अर्ब बक्यौता उठाउनुपर्ने देखिएको छ । उद्योगी र प्राधिकरणबीचको विवादका कारण समयमै यो रकम असुल हुन नसक्दा बक्यौता नै जोखिममा समेत परेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस क्षेत्रका उद्योगको बक्यौता कानुनसम्मत देखिए असुल गरिछाड्ने बताएका छन् । आइतबार सिमरा विमानस्थलमा पत्रकाहरुसँग उनले ठूला उद्योगहरुले प्रयोग गरिरहेको ट्रंक लाइनका सम्बन्धमा स्वीकृति नै नलिई २४ सै घण्टा विद्युत् आपूर्ति हुँदाको अवस्थामा सो अवधिको महशुल तिर्नुपर्छ भनिएको बताए ।

‘अहिले बजारमा हल्ला चलेजस्तो उद्योगले महशुल नै नबुझाएको होइन, लोडसेडिङका बखत स्वीकृति नलिई २४ सै घण्टा विद्युत आपूर्ति भएको समयको महशुलको मात्र कुरा हो,’ घिसिङले भने ।यो समाचार आजको अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस