
दुबई । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले महामारीलाई राजनीतिकरण नगर्न चेतावनी दिनुभएको छ । “विश्व नेताहरुले कोरोनाभाइरससँगै उत्पन्न महामारीलाई राजनीतिकरण गर्न पाउनुहुन्न, बरु एकताबद्ध भएर लड्नु पर्छ,” डब्लुएचओ प्रमुख टेड्रोस अधानोम गेबे्रयोसुसले सोमबार भने ।उनले अझै पनि कोरोनाभाइरसको सङ्क्रमण उत्तिकै फैलिइरहेको र यसले गर्ने क्षतिमा कमी नभएको पनि उल्लेख गरेका छन ।
सङ्क्रमितहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको प्रति अपेक्षित सम्वेदलनशीलता विश्व नेताहरुमा नदेखिएको चिन्ता पनि उनले व्यक्त गरे । राजनीतिकरण नगर्न आह्वान गरिएकोसम्वन्धी उनको भनाइ विषेश गरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति बढी लक्षित रहेको बताइएको छ ।
उनले अमेरिकामा पर्याप्त सतर्कता नअपनाइएको र राजनीतिक दाउपेचका कारण अनाहकमा धेरै मानिसको मृत्यु भइरहेको टिप्पणी पनि गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले पनि विश्वभरी कोरोनाभाइरसको महामारी शुरु भएदेखि नै डब्लुएचओले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै आलोचना गर्दै आएका थिए ।
डब्लुएचओ प्रमुख गेब्रेयेसुसले ब्राजिल, इराक, भारत, दक्षिणी तथा पश्चिमी अमेरिकी देशहरुको अवस्था प्रति पनि चिन्ता व्यक्त गरेका छन । ती देशहरुमा अझै पनि धेरै कोरोनाभाइरसबाट सङ्क्रमितहरु धेरै रहेको र अस्पतालहरुमा विरामीहरुको भिड भइरहेको उनले उल्लेख गरेका छन ।
विश्वभरी पछिल्लो तीन महिना कोरोनाभइरसको महामारी फैलिएको छ । शुरुको तीन महिनामा विश्वभरी दश लाख मानिस सङ्क्रमित भएको र त्यति नै संख्यामा सङ्क्रमितहरु पछि आठ दिनमा बृद्धि भएको पनि डब्लुएचओले जनाएको छ । एपी
प्रतिक्रिया दिनुहोस