
एजेन्सी । एशियाका सबभन्दा धनी भारतीय व्यापारी तथा रिलायन्स उद्योगका अध्यक्ष मुकेश अम्बानीको सम्पत्ति मे महिनाको एक दिनमा ४.१८ अर्ब डलरले वृद्धि भएको छ । ब्लूमबर्ग अर्बपति सूचकांकका अनुसार रिलायन्सको बजार पुँजी नयाँ रेकर्ड तहमा पुगेपछि यो वृद्धि भएको हो । उनी अब विश्वको नौ सबैभन्दा धनी व्यक्तिको सूचीमा आइपुगेका छन ।
रिलायन्स इन्डस्ट्रिजको बजार पुँजी सोमबार १५० अर्ब डलरको रेकर्ड स्तर पार गरिसकेको छ । रिलायन्स को बजार पूंजी ११.२२ लाख करोड भारु पार गरेको छ । रिलायन्सको स्टकमा सोमबारको मूल्य बीएसईमा १८०४ रुपैयाँमा पुगेको छ । जुन अहिलेसम्मको नयाँ रेकर्ड हो ।
सोमबार, मुकेश अम्बानीको सम्पत्ति शुक्रबार भएको शेयर बजारको कारोबारको तुलनामा झन्डै ४.१८ अर्ब डलरले बढेर करीव ३६५०० करोड भारु पुगेको जनाइएको छ । ब्लूमबर्ग अर्बपति सूचकांकका अनुसार मुकेश अम्बानीको कुल सम्पत्ति ६४.५ अर्ब डलर पुगेको छ । जुन एक दिनअघिको भन्दा ४.१८ अर्ब डलरले वृद्धि भएको हो ।
गत दुई महिनामा रिलायन्स जिओले जम्मा ११ वटा लगानीमा व्यापक लगानी बढाएको छ । पछिल्लो विश्वव्यापी लगानी र कम्पनीको शेयर मूल्यको रेकर्ड बाउन्सका कारण मुकेश अम्बानीको सम्पत्ति द्रुत गतिमा बढेको हो । उनको नेतृत्वमा समूह कम्पनी जियो प्लेटफार्ममा गत केही हप्तामा १.६८ लाख करोड भारुको लगानी प्राप्त भएको छ ।
प्रतिक्रिया दिनुहोस