काठमाडौं । मौसम पुर्वानुमान महाशाखाले देशका केही ठाउँमा अहिले पनि पानी परिरहेको जनाएको छ । मौसमविद्का अनुसार अहिले प्रदेश १ र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ । प्रदेश २, वाग्मती, गण्डकी, प्रदेश ५ र कर्णालीमा पनि हल्कादेखि मध्यम वर्षा भैरहेको छ । मनसुन सक्रिय भएकाले छिनछिनमै मौसम बदली हुनेछ ।
आज प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का एक दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ । भारी वर्षा हुने क्षेत्रका इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, कैलाली, कञ्चनपुरका ठूला साना नदीमा पानीको बहाव बढ्ने भएकाले थप सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस