aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

नेपालीलाई थिच्यो १० खर्ब ऋणले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ जेठ २०७६
नेपालीलाई थिच्यो  १० खर्ब  ऋणले

काठमाडौं  । मुलुक करिब साढे १० खर्ब रुपैयाँ ऋणमा परेको छ । सोमबार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार डलर महँगिनु र वैदेशिक ऋण बढ्नुलगायत कारणले नेपालको ऋणभार चुलिएको हो ।

‘२०७५ फागुनसम्म भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण ९ खर्ब ७८ अर्ब ४५ करोड रुपैयाँ छ ,’ सर्वेक्षण्ले भनेको छ । सरकारले अब उठाउने पक्कापक्की भइसकेको आन्तरिक ऋणको ८६ अर्ब रुपैयाँ जोड्ने हो भने १० खर्ब ६४ अर्ब रुपैयाँले मुलुक ऋणमा परेको देखिन्छ । 

‘फागुनसम्म प्रतिव्यक्ति ऋण ३३ हजार १ सय ७४ रुपैयाँ छ,’ सर्वेक्षणमा छ । सरकारले अव उठाउने पक्कापक्की भइसकेको आन्तरीक ऋणको ८६ अर्ब रुपैयाँ जोड्ने हो भने १० खर्ब ६४ अर्ब रुपैयाँले मुलुक ऋणमा परेको समाचार आजको कान्तिपुरमा प्रकाशित छ । 
हालसम्म लिएको ऋणमध्ये विदेशी निकायको हिस्सा बढी छ । “३ खर्ब ८३ अर्ब ९५ करोड आन्तरिक ऋण र ५ खर्ब ९५ अर्ब बाह्य ऋण छ”, अर्थमन्त्री युवराज खतिवडाले संसद्मा आथिृक सर्वेक्षण सार्वजनिक गर्दै भने ।

हाल सम्मको ऋण कुल गार्हस्थ उत्पादन (जिडिपी) को करिब ३१ प्रतिशत  मात्रै हो । अर्थविद् केशव आचार्यका अनुसार जीडिपीको ५० प्रतिशतसम्म ऋणलिन सकिन्छ । “७०/८० प्रतिशत नाघेपछि होसियार हुनुपर्छ त्इसकाकार अहिल्यै ऋण बढी भयो भनेर डराउनु पर्दैन, उनले भने तर हाम्रो समस्यष ऋण बढ्ने पुँजीगत खर्च नबढ्ने भइरहेको छ । 
यो समाचार आजको कान्तिपुर दैनिकमा छ 

प्रतिक्रिया दिनुहोस