aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

भारतबाट फर्केका एक युवकले क्वारेन्टाइनमै आत्महत्या गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ असार २०७७
भारतबाट फर्केका एक युवकले क्वारेन्टाइनमै आत्महत्या गरे

काठमाडौं । भारतबाट फर्केर क्वारेनटाइनमा बसेका बझाङका एकजना युवकले आत्महत्या गरेका छन् । छबिस पाथिभेरा गाउँपालिका ७ स्थित विद्यालयको क्वारेनटाइनमा बसेका सोही ठाउँका ३० वर्षीय युवकले आत्महत्या गरेका हुन् ।

छबिस पाथिभेरा गाउँपालिकाका अनुसार विद्यालयको अलग्गै कोठामा बसेका युवक बिहान नउठेपछि हेर्न जाँदा झुण्डिएको अवस्थामा फेला परेको हुन् । उनी भारतबाट आएर यही असार ६ गतेदेखि क्वारेन्टिनमा बसेका थिए । 

मृतक युवकको स्वाब संकलन गरी पीसीआर जाँचका लागि डडेल्धुरा पठाइएको बताइएको छ  । 

प्रतिक्रिया दिनुहोस