
काठमाडौं । सरकारले नेपालको नयाँ नक्सामा कालापानी तथा लिपुलेकलाई समावेश गरेसँगै नेपाल टेलिकमले सीडीएमए मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले दार्चुला जिल्लाको ब्यास गाँउपालिकामा सीडीएमए मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमले सोमबार यसको सफल परीक्षण भएको हो ।
हिजो सोमबारदेखि व्यास गाउँपालिकामा सीडीएमए मोबाइल सेवा पुनः सञ्चालनमा आएको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताए । ‘पहिला यस इलाकामा नेपाल टेलिकमको भी च्याट मार्फत सेवा सञ्चालनमा थियो,’ उनले भने ‘अहिले पुरानो टावरलाई मर्मत गरेर सेवा प्रदान गरिएको हो । उक्त स्थान नजिकै भारतीय सेवा प्रदायकको उपस्थिति छैन । यदि भारतीय भूमीमा बस्नेले पनि सो सेवा लिन चाहेमा सहजै उपयोग गर्न सक्ने देखिएको छ ।
यसअघि उक्त क्षेत्रमा रहेको टावरलाई पुनःमर्मत सम्भार गरेर सञ्चालनमा ल्याएको टेलिकमले जानकारी दिएको छ । नेपालसहित भारतीय सिमा क्षेत्रका बासिन्दाले समेत टेलिकमको सीडीएमए प्रयोग गर्दै आएका थिए । मौसमका कारण लामो समयदेखि त्यहाँ सेवा अवरुद्ध थियो । अब फेरि टावर सञ्चालमा आएपछि त्यहाँका आम बासिन्दा सूचना प्रविधिमा गाँसिउका छन् ।
टेलिकमले सञ्चालनमा ल्याएको टावरबाट कालापानी, छाङ्रु, कुटी, गुन्जी र टिंकर क्षेत्रमा गुणस्तरीय मोबाइल सेवा उपलब्ध भएको छ । उक्त टावरबाट भारतको धार्चुलाका बासिन्दा समेत लाभान्वित हुनेछन् । उक्त क्षेत्रमा अन्य कुनै पनि दूरसञ्चार सेवा प्रदायकको उपस्थिति छैन ।
टावर निमार्णका लागि आवश्यक प्राविधिकहरू तथा सामान गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय दार्चुलाको समन्वयमा भएको हो । टेलिकमका अनुसार यसअघि गृह मन्त्रालयले उक्त स्थानमा टेलिकम सेवा विस्तारका लागि अनुरोध गरेको थियो । गृहमन्त्रालयको हेलिकोप्टरबाट सहयोगमा ढुवानीमा सहयोग पु¥याएको टेलिकमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस