aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

अर्थतन्त्र थला पर्दै, प्रधानमन्त्री छेडखानीमा व्यस्तः बाबुराम भट्टराई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ असार २०७७
अर्थतन्त्र थला पर्दै, प्रधानमन्त्री छेडखानीमा व्यस्तः बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अर्थतन्त्र थला पर्न लागेको बताएका छन् । कोभिड–१९ का कारण अर्थतन्त्र संकटमा परेको उनको भनाई छ ।

भट्टराईले सामाजिक सञ्जालमा ट्विटरमा लेखेका छन्, ‘अर्थतन्त्र थला पर्दैछ, विदेशबाट फर्केका र स्वदेशमै रहेका लाखौं वेरोजगार युवाको ताँती बढ्दैछ ।’

देश चौतर्फी संकटमा फस्दै गएको उनको भनाइ छ । नागरिकता विवाद, एमसीसी र स्कूल कलेज लथालिंग अवस्थामा रहेको भट्टराईले उल्लेख गरेका छन् ।

उनी लेख्छन्, ‘सत्ताधारी दल गुटको जालोमा फसेको छ ! प्रधानमन्त्री उखानटुक्का/छेडखानीमा व्यस्त छन् ! संकटको निकास खोजौं !’

प्रतिक्रिया दिनुहोस