aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

पतञ्जलीले पनि कोरोना भाइरसको आयुर्वेदिक औषधि लञ्च गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ असार २०७७
पतञ्जलीले पनि कोरोना भाइरसको आयुर्वेदिक औषधि लञ्च गर्यो

एजेन्सी । योग गुरु बाबा रामदेवले मंगलबार हरिद्वारमा कोरोना भाइरसको पहिलो आयुर्वेदिक औषधीको सुरुवात गरेको छन् ।  औषधि रामदेव बाबाको कम्पनी पतंजलिले बनाएको हो  । जसको बारेमा उनले प्रेस सम्मेलनको माध्यमबाट जानकारी दिएका थिए। पतंजलिले बनाएको यस आयुर्वेदिक औषधीको नाम कोरोनिल छ । 

बाबा रामदेवलका अनुसार कोरोनिल औषधि ९५ जना व्यक्तिको परीक्षण गरिएको थियो। यस औषधिको प्रभावका साथ ६९ प्रतिशत कोरोनाका पोजेटिभ बिरामीहरू केवल तीन दिनभित्रमा निको पारिए पञ्जलिले दावी गरेको छ ।  जबकि १०० प्रतिशत बिरामीहरू ७ दिनमा निको भएका छन्। औषधिको क्लिनिकल परीक्षणमा उपस्थित एक जना बिरामीको पनि मृत्यु नभएको कम्पनीले दावी गरेको छ । 

प्रेस सम्मेलनमा योगगुरु रामदेवले भने, ‘यो आयुर्वेदिक औषधि बनाउन केवल स्वदेशी सामग्री मात्र प्रयोग भएको छ, जसमा मुलठी–डेकोलगायतका धेरै चीज छन्। गिलोय, अश्वगन्ध, तुलसी, सासको रस पनि यसमा प्रयोग भएको छ। रामदेवका अनुसार सम्पूर्ण देशलाई दालचीनी, लंग, पेपली, सुख्खा अदुवा, एम मौलाथी, गिलोय, तुलसी, अदुवा, कालो मिर्च र मौलाठीमा बनाइएको हो ।  

प्रतिक्रिया दिनुहोस