aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ असार २०७७
कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा मृत्यु

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा रहेको आइसोलेशनमा उपचार गराइरहेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दैलेखको दुल्लुु नगरपालिका वडा नं ३ का ४५ वर्षिय पुुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । 

अस्पताल प्रशासनका अनुसार क्षयरोगका बिरामी रहेको ती पुुरुष क्षयरोगको औषधि सेवन गर्दै आएका थिए । उनलाई असार ४ गते कोरोना परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएपछि आइसोलेशनमा राखेर उपचार गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस