aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

यस्तो छ काठमाडौंमा खानेपानी वितरणको नयाँ तालिका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ असार २०७७
यस्तो छ काठमाडौंमा खानेपानी वितरणको नयाँ तालिका

काठमाडौं । काठमाडौंमा खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक गरिएको छ । मंहाकालचौर पानी वितरण केन्द्रले नयाँ तालिका सार्वजनिक गरेको हो । 

असार ५, ११, १७, २३ र २९ गते केसर महल, ईन बहाल, ठमेल, ज्याठा, माली गाँउ, हाँडी गाँउ, मंहाकाल र बिशाल नगरमा वितरण गरिने भएको छ भने असार ६, १२, १८, २४ र ३० गते नक्साल, बागबजार, पुतलीसडक, माइतीघर, त्रिपुरेश्वर, मंहाकाल, कुटु बहाल गणेश स्थान, सरस्वती नरमा वितरण गरिने भएको छ । 

त्यस्तै, असार ७, १३, १९, २५ र ३१ गते अनामनगर, बसन्तपुर, ओम बहाल, लगनखेल, त्रिपुरेश्वर, मैतीदेवी, घट्टेकुलो, डिल्ली बजार, पीपलबोटमा वितरण गरिने भएको छ भने असार ८, १४, २०, २६ गते मंहाकाल २ नं, जय बागेश्वरी गौशला, रातो पूल, भण्डारखाल, अनामनगर, त्रिपुरेश्वर, क्षेत्रपाटी, बौध, छहारीक्लव र जोरपाटीमा वितरण गरिने भएको छ । 

त्यसैगरि, असार ३, ९, १५, २१ र २६ गते क्षेत्रपाटी, त्रिपुरेश्वर, भोटाहिटि, असन, कमलादी, ज्ञानेश्वर, चारखाल, डिल्लीबजार, बागबजारमा वितरण गरिने भएको छ भने असार ४, १०, १६, २२, २८ गते बानेश्वर हाइट, देवकोटा सडक, मंहाकाल, पुरानो बानेश्वर, मिलनचोक, सिनामंगल, कुराया गाँउ, आनमनगर, छहारी क्लव, सुन्दरी जल र गोकर्णमा वितरण गरिनेछ ।  

हेर्नुहोस् तालिका 

प्रतिक्रिया दिनुहोस