aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

पाँच सय ३८ जना नयाँ संक्रमित थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ असार २०७७
पाँच सय ३८ जना नयाँ संक्रमित थपिए

काठमाडौं । थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।

संक्रमित हुनेमा झापाका १२ जना, सप्तरीका २२, सुनसरीका ३ जना, मोरङका २ जना, तेह्रथुमका २ जना, महोत्तरीका १२ जना , अर्घाखाँचीका २ जना, बाग्लुङका ६ जना, बझाङका २२ जना, बाजुराका २० जना, डडेलधुराका ४ जना, धादिङका १८ जना, गोरखाका २९ जना छन् ।

यस्तै गुल्मीका ५ जना, कैलालीका ३८ जना, कञ्चनपुरका १७ जना, कास्कीका ८ जना, नवलपरासी पूर्वका २२ जना, पर्वतका २२ जना, प्युठानका ५० जना , रौटहटका १३ जना, रुपन्देहीका ३ जना, सर्लाहीका २ जना , सिरहाका ७ जना, स्याङजाका २२ जना, तनहुँका ८ जना, धनुषाका ३९ जना, बाग्लुङका ८ जना , लमजुङका ५ जना, पाल्पाका ४८ जना, दाङका १९ जना , सल्यानका ४ जना, सुर्खेतका २३ जना, दैलेखका ३५ जना, ,हुम्लाका १ जना, कालिकोटका १ जना र अछामका ७ जना रहेका छन् ।

योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १० हजार ९९ पुगेको छ भने २ हजार २ सय २४ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस