aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

कोरोनाबाट थप एकको मृत्यु, संक्रमित १० हजार नाघे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ असार २०७७
कोरोनाबाट थप एकको मृत्यु, संक्रमित १० हजार नाघे

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैलेखको दुल्लु नगरपालिका वडा नं ३ का ४५ वर्षिय पुरुषको मृत्यु भएको पुष्टि गरेका हुन् । 
 
डा. गौतमका अनुसार क्षयरोगका बिरामी रहेको ती पुुरुष क्षयरोगको औषधि सेवन गर्दै आएका थिए । उनलाई असार ४ गते कोरोना परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएपछि आइसोलेशनमा राखेर उपचार गरिएको थियो । उनको असार ८ गते मृत्यु भएको हो ।  

यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ भने संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस