
काठमाडौं । उपत्यका भित्र डेरा गरि बस्ने डेरावालहरुले अब पिसीआर टेष्ट गराउन नपर्ने भएको छ । उपत्यका बाहिरबाट काठमाडौं उपत्यका भित्र प्रवेश गर्नेलाई घरमा छिर्नै नदिने घरधनीहरुले अनिवार्य पीसीआर टेष्ट गराउन दवाव दिएपछि टेकु अस्पतालमा दैनिक हजारौं मानिसहरुको भिड आउने गरेपछि गृहमन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरेर यस्तो बाध्यता नगराउन निर्देशन दिएको हो ।
उपत्यका बाहिरबाट आउनेबित्तिकै बिना लक्षण पीसीआर टेष्ट गराउने विषय स्वास्थ्य मन्त्रालयले समेत पत्रकार सम्मेलनमा समेत उल्लेख गरेको हुनाले गृहमन्त्रालयको ध्यान आकर्षण भएको जनाएको छ । साथै गृह मन्त्रालयबाट निर्देशन जारी भएपछि पनि यस्तो गतिविधि नरोकिए आवश्यक कारवाही गर्न समेत निर्देशनमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस