aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

गणतन्त्र दिवसमा नेपाल टेलिकमको ‘रिपब्लिक डे’ अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ जेठ २०७६
गणतन्त्र दिवसमा नेपाल टेलिकमको ‘रिपब्लिक डे’ अफर

काठमाडौं । नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा ग्राहककालागि नयाँ अफर सार्वजनिक गरेको छ । 

कम्पनीले गणतन्त्र दिवस २०७६ को अवसरमा मंगलबारदेखि लागूहुने गरी  ‘रिपब्लिक डे’ अफर  सार्वजनिक गरेको हो ।

अफ्र अन्तर्गत ५० रुपैयाँमा  ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने कम्पनीले जनाएको छ । अफर १४ जेठदेखि तीन दिनसम्म खरिद गर्न  सकिनेसमेत टेलिकमको भनाइ छ ।
 
योजना अन्तरर्गत ५० रुपैयाँमा प्या खरिद गरेपश्चात् कनै पनि समयमा चार सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिनेछ । सो प्याक सातदिनको अवधिसम्म प्रयोग गर्न सकिने छ ।

ग्राहकले ८१४१५३ डायल गरी प्राप्त निर्देशनअनुसार अफर लिन सक्नेछन् । साथै कम्पनीकोे एप्प ‘नेपाल टेलिकम’बाट र वेबसाइटमार्फत पनि अफरमा सहभागी हुन सकिने बताइएको छ । आजको नयाँपत्रिकाबाट 

प्रतिक्रिया दिनुहोस