aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

विश्व व्यापारमा करिब १९ प्रतिशत गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ असार २०७७
विश्व व्यापारमा करिब १९ प्रतिशत गिरावट

जेनेभा । कोरोनाभाइरस महामारीका कारण विश्वको व्यापारमा दोस्रो चौमासिकमा ठूलो गिरावट आएको विश्व व्यापार संगठनले जनाएको छ । संगठनका अनुसार सन् २०२० को दोस्रो चौमासिक अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १८।५ प्रतिशतले कमी आएको छ । 

संगठनद्वारा जारी वक्तव्यमा दोस्रो चौमासिक अवधिको प्रारम्भिक अनुमान अनुसार कोरोनाभाइरसको प्रसार र त्यसलाई रोक्न अपनाइएका लकडाउन समेतका प्रतिबन्धहरुले विश्व व्यापारमा व्यापक असर पारेको उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस