काठमाडौं । दुई तिहाइको स्थिर सरकार आएपछि विदेशी दातृ निकाय तथा विकास साझेदारले नेपालमा लागानी बढाउने अपेक्ष गरिए पनि विदेशी सहयाता प्रतिबद्धता घटेको छ ।
गत वर्षको तुलनामा चालु आर्थिक वर्षको फागुनसम्म वैदेशिक सहायता प्रतिबद्धता ४३ अर्ब ७० करोड रूपैयाँले घटेको हो ।
यो वर्षको पहिलो आठ महिनामा एक खर्ब सात अर्ब १८ करोड रूपैयाँ बराबरको वैदेशिक सहयोग प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार साजर्वजनिक गरेको आर्थिक सर्वेक्षण २०६५÷०७६ अनुसार यो वर्ष १३ अर्ब ४९ करोड रूपैयाँ ऋण सहयोगको प्रतिबद्धता आएको छ । वैदेशिक सहयोग मध्ये १२.६ प्रतिशत अनुदान र ८६.४ प्रतिशत ऋण छ ।
गत वर्ष सोही अवधिमा एक खर्ब ५० अर्ब ८८ करोड बराबरको वैदेशिक सहयोग प्रतिबद्धता प्रप्त भएको थियो । सरकारले आफ्नै साधन, स्रोतले पूर्ण रूपमा विकासका आयोजना सञ्चालन गर्ने अवस्था नरहेकाले विदेशी ऋण तथा अनुदान लिएर विभिन्न परियोजना सञ्चालन गर्छ ।
वैदेशिक सहायता प्रतिबद्धतामा अनुदानको अंश क्रमशः घट्दै जाँदा सरकारले ऋणको अंश बढाउदै लगेको छ । पछिल्ला वर्ष सरकारको ऋण उपयोग गर्न सक्ने क्षमतामा सुधार हुँदै जानु तथा कुल वैदेशिक सहायता उयोगमा बहुपक्षीय सहायताको हिस्सा धेरै हुनुले पनि ऋणको अनपात बढ्दै गएको हो । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस