aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

थपिए ३२ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० असार २०७७
थपिए ३२ जना कोरोना संक्रमित

काठमाडौं । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ३२ जना थपिएसँगै प्रदेशमा  सङ्क्रमितको संख्या ७२९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकीका ८ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् । स्याङ्जाका ७ जना, गोरखाका १ जना, नवलपरासी सुस्तापूर्वमा ३ जना, लमजुङका ५ जना, पर्वका १ जना, कास्कीका ५ जना, बाग्लुङका १ जना र तनहुँका १ जना थपिएका निर्देशनालयले जनाएको छ ।

उनीहरु सबैलाई आइसोलेसनमा लैजाने तयारी भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोदबिन्दु शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस