aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

कस्तो छ आजको मौसम ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० असार २०७७
कस्तो छ आजको मौसम ?

काठमाडौं । आजबाट भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको शक्तिशाली नयाँ प्रणाली विकास भएकाले लगातार झरी पर्ने सम्भावना रहेको जनाएको हो ।

महाशाखाका अनुसार हिजो सम्मको प्रणाली कमजोर हुँदै आज बिहानै नयाँ प्रणाली विकास भएको हो। महाशाखाका अनुसार पूर्वमा झापा, मोरङ, सुनसरी, धनकुटा लगायत आसपास क्षेत्रमा बिहानैदेखि झरी परिरहेको छ ।

पश्चिममा कास्की, जुम्ला, हुम्ला कालिकोट, सुर्खेत पनि बिहानैदेखि वर्षा भइरहेको छ। कैलाली र कञ्चनपुरबाहेक सुदूरपश्चिम प्रदेशमा पनि बिहानैदेखि पानी परिरहेको महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको हुँदा ती क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने हुँदा सर्तकता अपनाउन पनि आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस