aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

एअर इण्डियाका जहाजलाई अमेरिकाले लगायो प्रतिबन्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० असार २०७७
एअर इण्डियाका जहाजलाई अमेरिकाले लगायो प्रतिबन्ध

अमेरिकाले एअर इण्डियाका जहाजको चार्टर्ड उडानमा प्रतिबन्ध लगाएको छ । द हिन्दूका अनुसार हवाई उडानसम्बन्धी अमेरिकी कानुन उल्लङ्घन गरेकोले अमेरिकाले एअर इण्डियालाई प्रतिबन्ध लगाइएको जनाएको छ ।

एअर इण्डियाले चार्टर्ड उडान भनेर अनुमति लिए पनि यात्रुसँग टिकट काटेर उडान गरेपछि प्रतिबन्ध लगाइएको अमेरिकाको यातायात विभागले जनाएको छ ।

अमेरिकाले एअर इण्डियाको कार्यलाई विभेदकारी र अपारदर्शी कामको संज्ञा दिँदै आफ्नो देशको हवाई कानुनको गम्भीर उल्लङ्घन भएको जनाएको छ । यसले दुई देशबीचको हवाई सम्झौताको पनि उल्लङ्घन भएको अमेरिकाले जनाएको टाइम्स अफ् इण्डियाले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस