काठमाडौं । कम्लरीले स्थापना गरेका सहकारी संस्थामा लाखौं ठगी भएपछि डुब्ने अवस्थामा पुगेका छन् । दाङको लमहीमा स्थापित ‘लाबाजुनी बचत तथा ऋण सहकारी संस्था’ व्यवस्थापक गीता चौधरीले ७ लाख ७८ हजार २ सय १६ रुपैयाँ हिनामिना गरेपछि एक वर्षदेखि बन्द छ ।
चौधरीले रकम फिर्ता नगरेपछि सहकारीले उनीविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको छ । २०७३/०७४ को लेखापरीक्षण प्रतिवेदनमै उनले उक्त रकम तिर्नुपर्ने भनी उल्लेख छ ।
लामो समय प्रयास गर्दा पनि पैसा फिर्ता गर्न नसकेको सहकारीकी अध्यक्ष कृणा चौधरीले बताइन् । ‘वडा प्रहरी कार्यलय लमहीमा दुईपटक निवेदन दियौँ, जिल्ला प्रहरीमा पनि दिनवेदन दियौ तर केही सुनुवाई भएन’, उनले भनिन्, ‘एक वर्ष देखि सहकारी बन्द छ । ठगी गर्ने मान्छे काठमाडौंमा लुकेर बसेकी छन’ ।
२०६५ असोज ७ मा स्थापित लाबाजुनी मुक्त कम्लरीको पहिलो सहकारी हो । यसमा ७ सय सदस्य छन् । भाडा तिर्न नसकेर सामान एउटा कोठामा राखिएको छ । अध्यक्ष चौधरीले सदस्यहरुले बचत गरेको रकम मागिरहेको बताइन् ।
‘सदस्यहरुले पैसा फिर्ता मागिरहेका छन् । मेरो पसलमा आएर धेरैले झगडा गर्छन् पसलका सामान उठाएर लैजान खोज्छन् उनले भनिन् एक÷दुईहजार भए पनि आफै तिरेर मिलाऔ भन्न हुन्थ्यो ठूलो रकम हिनामिना भयो एकलो प्रयासबाट सम्भब छैन’। आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस