aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

मेक्सिकोमा ७.४ रेक्टरकाे शक्तिशाली भूकम्प, सुनामीकाे खतरा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० असार २०७७
मेक्सिकोमा ७.४ रेक्टरकाे शक्तिशाली भूकम्प, सुनामीकाे खतरा

अमेरिका । मेक्सिकोमा मंगलवार शक्तिशाली भूकम्प गएको छ । अमेरिकन भू–गर्भ सर्वेक्षणका अनुसार ७.४ रेक्टरको भूकम्पको धक्का महसूस गरिएको हो ।

शक्तिशाली भूकम्प गएसँगै अमेरिकी भूगर्भीय सर्वेक्षण युएस नेशनल ओशनिक एण्ड वायुमण्डल प्रशासनले सुनामी आउन सक्ने भन्दै चेतावनी दिएको छ ।

प्रशासनले मेक्सिको, दक्षिणी मेक्सिको, एल साल्भाडोर, ग्वाटेमाला र होन्डुरासमा सुनामी आउन सक्ने चेतानवी दिएको हो ।

मेक्सिको शक्तिशाली भूकम्प गएपछि मानिसहरु घरबाहिर निस्केका थिए । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भूकम्पका कारण भवनहरु हल्लिएका थिए भने हजारौं मानिस आतंकित बनेका थिए ।

प्रतिक्रिया दिनुहोस