aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

ब्राजिलका राष्ट्रपतिलाई मास्क लगाउन आदेश, नलगाए दैनिक ३८७ अमेरिकी डलर जरीवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० असार २०७७
ब्राजिलका राष्ट्रपतिलाई मास्क लगाउन आदेश, नलगाए दैनिक ३८७ अमेरिकी डलर जरीवाना

एजेन्सी  ब्राजिलका न्यायाधीशले त्यहाँका राष्ट्रपति जेर बोलसोनरोलाई मास्क लगाउन आदेश दिएका छन्। राजनीतिक र्‍यालीहरुमा सहभागी भएको बेला राष्ट्रपतिले मास्क नलगाएको उल्लेख गर्दै ती न्यायाधीशले उक्त आदेश दिएको रोयटर्सले जनाएको छ।

संघीय न्यायाधीश रेनतो बोरेलीले मंगलवार उक्त आदेश दिएको बताइएको छ। यदि राष्ट्रपतिले उक्त आदेश नमानेमा दैनिक ३८७ अमेरिकी डलर जरीवाना तिर्नुपर्ने बताइएको छ। यो नेपाली रुपैयाँ ४६ हजारभन्दा बढी रकम हो।

पछिल्लो पटक विभिन्न राजनीतिक कार्यक्रममा सहभागी हुने क्रममा राष्ट्रपति जेरले मास्क प्रयोग गरेको देखिएको छैन। केही हप्ताअघिमात्र राजीनामा दिएका त्यहाँका शिक्षामन्त्रीलाई मास्क नलगाएको पाइएपछि ३८७ अमेरिकी डलर जरीवाना तिराइएको थियो। महामारी फैलिएपछि मे ११ बाट ब्राजिलमा मास्क लगाउनै पर्ने प्रावधान ल्याइएको हो।

कोरोना संक्रमणको सूचीमा ब्राजिल अमेरिकापछिको सबैभन्दा बढी संक्रमित देश हो। ११ लाख बढीमा संक्रमण फैलिँदा यहाँका ५१ हजार बढीको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस