aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

आज राष्ट्रपतिले राजनीतिक दलका शीर्ष नेतासंँग छलफल गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० असार २०७७
आज राष्ट्रपतिले राजनीतिक दलका शीर्ष नेतासंँग छलफल गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज समसामयिक विषयमा छलफल गर्न राजनीतिक दलका शीर्ष नेतालाई राष्ट्रपति निवास शीतल निवासमा डाकेकी छिन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले कोभिड –१९, संविधानमा भएको संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न शीतल निवासमा साँझ ५ बजे नेताहरूलाई भेटघाटका लागि बोलाइएको जानकारी दिए। 

उनका अनुसार छलफलमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई आमन्त्रण गरिएको छ ।

‘‘कोभिड –१९ को कारण बन्दाबन्दीले गर्दा राजनीतिक दलका शीर्ष नेतासंँग राष्ट्रपतिको तीनचार महिना नै भेट भएको थिएन ’’, उनले भने, ‘‘ सामूहिक भेट गर्न र समसामयिक विषयमा छलफल गर्न उनीहरूलाई बोलाइएको हो । उनको यो नियमित भेटघाट पनि हो ।’’ रासस  

प्रतिक्रिया दिनुहोस