aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भारतका अर्बपतिले यसरी चुकाए खर्बै ऋण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० असार २०७७
भारतका अर्बपतिले यसरी चुकाए खर्बै ऋण

एजेन्सी । रिलायन्स इन्डस्ट्रिज (आरआईएल) का अध्यक्ष मुकेश अम्बानीले केहि महिना अघि आफ्नो कम्पनी ऋण मुक्त हुने घोषणा गरेका थिए ।  अहिले उनको कम्पनी ऋण मुक्त पनि भएको छ । आरआईएलले घोषणा गरेकोभन्दा ९ महिनाअघि नै कम्पनीलाई ऋणमुक्त बनाएको छ । अब अनिल अम्बानीले पनि आफ्नो कम्पनी रिलायन्स इन्फ्रास्ट्रक्चरलाई ऋणमुक्त बनाउने तयारी गरेका छन् । 

रिलायन्स इन्फ्रास्ट्रक्चरका अध्यक्ष अनिल अम्बानीका अनुसार कम्पनी चालू आर्थिक वर्षमा पूर्ण रूपमा ऋण मुक्त हुने घोषणा गरेका छन् । अनिल अम्बानीले अनलाइन प्लेटफर्म मार्फत कम्पनीका शेयर होल्डरहरूको वार्षिक बैठकलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन । रिलायन्स इन्फ्राको वर्तमानमा ६,००० करोड भारुभन्दा बढीको ऋण छ र कम्पनीले यसलाई कम गर्न आफ्नो सम्पत्तिहरूको मौद्रिकरण गर्ने दिशामा काम गरिरहेको उनले बताएका छन् ।

रिलायन्स इन्फ्राले सन २०१८ मा उसको मुम्बईमा आधारित उर्जा व्यापार अडानी ट्रान्समिशन लगभग १८,८०० करोड भारुमा बेचेका थिए ।  जसले उनको ऋण करिब ७,५०० करोड भारुले घटाएको छ । कम्पनीले दिल्ली–आग्रा टोल सडकको सिंगापुर स्थित क्यूब हाइवे एण्ड इन्फ्राको करिब ३६०० करोड बराबरको शेयर बेच्न तयारीमा रहेको  छ । अनिल अम्बानीका अनुसार, आरइन्फ्राले करिब ६०,००० करोड भारु अम्बानीबाट पाउनु पर्ने छ । 

लामो समयदेखि ठूलो ऋणमा फसेका अम्बानी ग्रुपका अध्यक्ष अनिल अम्बानी धेरै अप्ठ्यारा मोडहरु पार गर्दैछन् । भर्खरै एउटा बेलायती अदालतले अनिल अम्बानीलाई चिनियाँ बैंकहरुलाई ५,५०० करोड रुपैयाँ तिर्न आदेश दिएको छ । यसैबीच, हालसालै भारतको सबैभन्दा ठूलो सार्वजनिक क्षेत्रको बैंक एसबीआईले १,२०० करोडभन्दा बढी रकम असुली गर्न राष्ट्रिय कानुन न्यायाधिकरण (एनसीएलटी)मा आवेदन दिएको छ ।  
 

प्रतिक्रिया दिनुहोस