aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कानूनी अस्पष्टता नै विकासको बाधक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ जेठ २०७६
कानूनी अस्पष्टता नै विकासको बाधक

काठमाडौं  ।  कानूनी अस्पष्टता, कमजोर आन्तरिक आय, कर्मचारी र जनप्रतिनिधिबीचको सहकार्यको अभावका कारण स्थानीय तहको अपेक्षाअनुरुप विकास हुननसकेको छैन । 

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र विकास पत्रकार मञ्च (फोडेज) नेपालले सोमबार आयोजना गरेको ‘चालू आर्थिक वर्षको सिकाइ, आगामी आर्थिक वर्षको सोचाइ’ विषयक छलफल कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले उक्त विचार राख्नुभएको हो ।
  
गाउँपालिकालाई सिंहदरबारसँग तुलना गरेर नहुने भन्दै अध्यक्ष श्रेष्ठले स्थानीय सरकारले काम गरेनन् भन्नुभन्दा थोरै जनशक्ति, भौतिक पूर्वाधारको अभाव र समस्याका बीच पनि काम भइरहेको बताउनुभयो । महासङ्घका कोषाध्यक्ष वंशलाल तामाङले पनि गाउँपालिकाले काम गर्न नसकेको नभई परिणाम देखिन बाँकी रहेको भन्दै एउटा गाउँपालिका वा त्यहाँको र्मचारी/जनप्रतिनिधिले गरेको बिगारमा ७५३ स्थानीय सरकारलाई मुछ्न नहुने बताउनुभयो । 
 
पूर्वसचिव खेमराज नेपालले गाउँपालिकाले मानवस्रोतलाई विकासमा खर्चिनुपर्ने धारणा राख्नुभयो । महासङ्घका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्रप्रसाद प्याकुरेलले विगतको खाडल पुर्नुपर्ने भएकाले अपेक्षाअनुरुप उपलब्धि हुननसकेको र तालिकाअनुरुप आगामी दिनमा विकासको कामले गति लिने बताउनुभयो ।

फोडेजका अध्यक्ष गोपीकृष्ण ढुङ्गाना र सचिव चन्द्रमणि भट्टराईले प्रत्येक गाउँपालिकाले समग्र विकासका अतिरिक्त एउटा विशेष कार्यक्रम ल्याउनुपर्ने र त्यसैबाट गाउँपालिका चिनिनुपर्नेमा जोड दिनुभएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस