
काठमाडौं । थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।
नयाँ थपिएका कैलालीका १०३ जना, झापा ११, सुनसरी १, मोरङ १, सप्तरी ६, धनुषा २०, महोत्तरी १२, सर्लाही १, वैतडी ४, बाजुरा ७, डोटी ४८, कैलाली ४८, कञ्चनपुर ८५, पर्वत २, रौतहट ४४, सर्लाही २०, धादिङ २, काठमाडौं १, चितवन १, तनहुँ १, स्याङ्जा ७, नवलपूरासी पूर्व ५, पाल्पा १५, भक्तपुर १, अछाम २३, गोरखा ३, कास्की ४, बागलुङ ९, कास्की ५, लमजुङ ५, पर्वत १, गुल्मी ५, कपिलवस्तु १, रुपन्देही १, बाँके ९, बार्दिया १, दाङ ७६, प्यूठान १०, जाजरकोट १, सुर्खेत १४, दैलेख ४, कालिकोट १, बाजुरा १, कञ्चनपुरका १ जना रहेका छन् ।
योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । जसमा २ हजार ३ सय ३८ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस