
काठमाडौं । उपत्यकामा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं र भक्तपुरमा थप २ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन्।
प्रवक्ता गौतमका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एक पुरुष र पाटन अस्पताल ललितपुरमा गरिएको परिक्षणमा भक्तपुरका एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित दुवैजनाको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयले जनाएको छ। योसंगै नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस