aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

जीप दुर्घटनामा १४ घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० असार २०७७
जीप दुर्घटनामा १४ घाइते

बाजुरा । बूढीगङ्गा नगरपालिकाको फालासैन बजारमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

से १ ज १०१९ नंको जीप फालाशैन बजारबाट सेराबजार आउन लागेको समयमा दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा  सिफारिश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब  उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए ।  अन्य सामान्य घाइते १२ जनाको स्थानीयस्तरमा उपचार भइरहेको जनाइएको छ । 
 

प्रतिक्रिया दिनुहोस