
काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड–१९को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा परेको असरमा भारी छुटको व्यवस्था गरेको छ । होटल, रिसोर्टका नाममा घर जग्गा भई वा लिजमा लिई होटेल, रिसोर्ट निर्माण गरी सञ्चालन भएको करदाताको हकमा विषेश छुटको व्यबस्था गरेको छ । बुधबार काठमाडौं महानगरपालिककाले आफ्नो सातौ नगरसभा प्रस्तुत गर्दै यस्तो घोषणा गरेको हो । आर्थिक बर्ष २०७६/७७ सम्मको घरजग्गा कर/सम्पत्ति कर चुक्ता गरेमा आर्थिक बर्ष २०७७/७८ को सम्पत्ति करमा थप ७५ प्रतिशत छुट दिने व्यबस्था गरेको छ ।
२०७७ पुस मसान्ता भित्र सम्पत्ति कर बुझाएमा हुने दश प्रतिशत छुट हुनेछ । त्यस्तै, होटल, रिसोर्ट क्षेत्रलाई ८५ प्रतिशत सम्पत्ति करमा छुट गरेको छ । त्यस्तै, घर भाडामा बस्ने नगरबासीहरुलाई पर्नगएको असरलाई मध्यनजर गरी कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरी आर्थिक बर्ष २०७६÷७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न आएमा बार्षिक बहाल करमा दश प्रतिशत छुट गर्ने भएको छ ।
कारण करदाताहरुबाट असुल हुन बाँकी रहेको आर्थिक बर्ष २०७६/०७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा पुरै छुट दिएको छ । त्यसैगरी कोभिड–१९ का कारण महानगरबासीमा परेको प्रभावलाई मध्यनजर गरी आर्थिक बर्ष २०७७/०७८ को पुस मसान्तभित्र सम्पत्ति कर दाखिला गरेमा यस आर्थिक बर्षमा लाग्ने सम्पत्ति करमा दश प्रतिशत छुट दिने जनाएको छ ।
‘घर जग्गा कर वा सम्पत्ति करको बक्यौताको हकमा त्यस्तो छुट दिइने छैन,’ आज प्रस्तुत आर्थिक विधेयकमा भनिएको छ, सर्वसाधारणहरुको सवारी साधन पार्किङ प्रयोजनका लागि व्यवसायिक रुपमा निर्माण गरिने भवनको हकमा भवन निर्माण सम्पन्न भएको मितिले ५ बर्षसम्म सम्पत्ति कर छुट हुनेछ ।’
प्रतिक्रिया दिनुहोस