aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

निजी क्षेत्रलाई गलहत्याउने किसिमकाे अख्तियार विधेयक रोक्ने नेकपाको निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० असार २०७७
निजी क्षेत्रलाई गलहत्याउने किसिमकाे अख्तियार विधेयक रोक्ने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेकपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयक अघि नबढाउने निर्णय गरेको छ ।

अख्तियारको क्षेत्राधिकारमा निजी क्षेत्रलाई समेत समेट्न खोजेपछि चौतर्फी विरोध भइरहेका बेला बुधबार बसेको स्थायी बैठकले विधेयक अघि नबढाउने निर्णय लिएको हो ।

उक्त विधेयक राष्ट्रियसभाको विधान व्यवस्थापन समितिले पारित गरेर सदनमा पेश हुने क्रममा रहेको छ। सोमबार नै राष्ट्रियसभामा पेश गर्ने तयारी भए पनि कांग्रेसको आग्रहपछि रोकिएको थियो ।

विधेयकमा निजी क्षेत्रबाट सञ्चालित बैंक, मेडिकल कलेज, विश्वविद्यालय, कम्पनिमा भएका भ्रष्टाचारसमेत आयोगले नियमन गर्न पाउने प्रावधान प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस