aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 
आर्थिक विधेयक

महानगरपालिकाले जग्गाको मूल्य तोक्यो, कति पर्छ तपाईको जग्गाको भाउ (सूची सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० असार २०७७
महानगरपालिकाले जग्गाको मूल्य तोक्यो, कति पर्छ तपाईको जग्गाको भाउ (सूची सहित)

काठमाडौं । काठमाडौं महानरपालिकाले जग्गाको मूल्य र यसमा लाग्ने कर तोकेको छ । महानगरपालिकाले प्रतिआना ५० लाख रुपैयाँ पर्ने जग्गाको भूमिकर ७० रुपैयाँ तोकको हो । महानगरभित्रको मूल सडकको दायाँबायाँको जग्गाको मूल्य महँगो छ भने भित्री जग्गाको मूल्य सस्तो तोकिएको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्षको आर्थिक विधेयकमार्फत मह्गो जग्गा को धेरै र सस्तो जग्गाको कम भूमिकर तोकेको छ । महानगरपालिकाले तोकेको नयाँ मूल्य अनुसार केशरमहल, जमल, रानीपोखरी हनुमानढोकासम्मको मूल सडक, माइती घर, सिंहदरवार पश्चिम गेट, पुतली सडक, कृष्ण पाउरोटी, दरवारमार्गलगायतका स्थानका प्रतिआना जग्गाको मूल्य ५० लाख रुपैयाँ तोकिएको छ । 

महानगरले स्थानअनुसार ५०देखि ४ लाख  प्रतिआना जग्गाको मूल्य तोकेको हो । काठमाडौं महानगरपालिका वडा–६ र ७ वडाको भित्री जग्गाको मूल्य ५ लाखदेखि २२ लाख रुपैयाँसम्म तोकेको छ । महानगरले वौद्ध तथा पशुपति क्षेत्रभित्र पर्ने भित्री वर्ग नखुलेको जग्गाको मूल्य सस्तो तोकेको हो । महानगरले वर्ग नखुलेका यस्ता जग्गालाई ‘क’ देखि ‘च’वर्गसम्म वर्गीकरण गरेर मूल्य तोकेको हो । 

महानगर यसरी जग्गाको मूल्य तोके पनि अहिले तोकिएकोभन्दा चार गुणा बढी मूल्यसम्म जग्गाको किनबेच भइरहेको छ । महानगरले जग्गाको मूल्यसहित प्रतिआना ७० रुपैयाँदेखि ४० रुपैयाँसम्म प्रतिआना भूमिकर पनि तोकेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस